सुरक्षा पन्तले प्रेमी मानवसँग विवाह गर्दै
काठमाण्डौँः अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गर्न लागेकी छिन्।
सुरक्षाले विवाह गर्न लागेको कुरा निश्चित भए पनि मिति र स्थान भने अहिले नै फिक्स नभइसकेको बताइन्।
सुरक्षाले मानवसँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गर्न लागेकी हुन्।
सुरक्षा पछिल्लो समय फिल्म अभिनयमा व्यस्त छिन्। उनी अभिनीत दुई फिल्म ‘बुलाकी’ र ‘बहाव’ रिलिजको तयारीमा छ। यस्तै, मानवले फिल्म अन्तरालपछि अभिनयमा डेब्यू गरेका हुन्। त्यसपछि उनले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन्।