‘बुलाकी’ को ‘यो खास्टो माया’ को गीत सार्वजनिक
काठमाडौंः शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘बुलाकी’ को गीत ‘यो खास्टो मायाको’ सार्वजनिक गरिएको छ।
शनिबार इन्टरनेटमा रिलिज गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टलाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ। सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत र शिव परियार र प्रविसा अधिकारीको स्वर रहेको छ। डोल्पाका रमणीय स्थानमा खिचिएको गीतमा निर्देशक लक्ष्मण सुनारको कोरियोग्राफी रहेको छ। प्रदर्शनको पहिलो दिन राम्रो ब्यापार गरेको सिनेमाले दोस्रो दिन शनिबारको व्यापार औषत छ।
‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ। रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइबाहेक प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गरेका छन्।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्मको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ। यो निर्देशक सुनारको डेव्यु निर्देशकिय फिल्म हो।