नेपाल डोरी तान संघको सुदूरपश्चिम समिति गठन
धनगढीः नेपाल डोरी तान संघको सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको छ। डोरी तान संघका केन्द्रीय सचिव बिमल पौडेलको प्रमुख आतिथ्यतामा तर्दथ समिति गठन गरिएको हो।
सिबी चन्द अध्यक्ष रहेको संघको ११ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा दिपक कुमार डिसी (बाजुरा), सचिवमा सुरत रावत (डोटेली कान्छा), कोषाध्यक्षमा सरिता साउँद (कैलाली) चयन गरिएको छ।
त्यस्तै सदस्यमा बिष्णु भक्त खैर (बझाङ), लालबहादुर साउँद (अछाम), बसन्ती सापकोटा (कैलाली) ,पदमबहादुर कार्की (डोटी), प्रेम बहादुर चन्द (बैतडी ), द्रोपती भट्ट मेघा( डडेल्धुरा) र आशिष भट्टराई (कैलाली) चयन गरिएको छ।