सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जारी’को दुई दिनको कमाई चार करोड बढी 

२०८० वैशाख ३, ११:४३ खबर संवाददाता

काठमाडौं : नेपाली फिल्म ‘जारी’ले दुई दिनमा चार करोड बढी कमाएको छ।

वैशाख १ गते सुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ थियो। दोस्रो दिन शनिवारको कमाइ पनि दुई करोडभन्दा माथि पुगेको छ। फिल्मको दुई दिनको कुल कमाइ चार करोड रुपैयाँ भन्दा बढी भएको हो। काठमाडौंसहित पूर्वी सहरका हलहरुमा दर्शकको भिड छ। पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी लगायतका सहरमा पनि फिल्मले दर्शक राम्रो पाएको छ। 

विशेषगरी लिम्बू समुदाय बहुल क्षेत्रका हलले राति ११ बजेसम्मका शो पनि देखाइरहेका छन्। सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले ‘जारी’लाई फाइदा पुगेको दाबी गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस