सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको हत्या आरोति सांसद कोइरी निलम्बित 

२०८० वैशाख १९, ०५:२५ खबर संवाददाता

काठमाण्डौँः  नेकपा एमालेका सांसद लक्ष्मी महतो (कोइरी) निलम्बित भएका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद कोइलीलाई मंगलवार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम निलम्बन गरेका हुन्। प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ। 

यसअघि सोमवार प्रहरीले हत्या आरोपी कोइरीलाई पक्राउ गर्नका लागि सहयोग गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो। २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई घेरा हालेर हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरले सांसद कोइरीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो। तर, सांसद कोइरी भने फरार छन्। 

सभामुख घिमिरेले गत १५ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद कोइरीले अस्वस्थ रहेको पत्र पठाएको जानकारी गराएका थिए। तर, सत्तापक्षका सांसदहरूले विरोध जनाएपछि सभामुख घिमिरेले नयाँ अधिवेशनमा कानुुन बमोजिम गर्ने प्रतिबद्धता जनाएका थिए।
 

कमेन्ट लोड गर्नुस