सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तारुढ गठबन्धन दलको बैठक सुरु 

२०८० वैशाख २०, ०५:१९ खबर संवाददाता

धनगढीः सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ।

बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
 

कमेन्ट लोड गर्नुस