सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा कलाकार कल्याण कोषमा रकम जम्मा

२०८० वैशाख २४, १०:४७ खबर संवाददाता

धनगढी: डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवस चन्दले जन्मदिनको अवसरमा कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरेका छन्।

आइतवार एक कार्यक्रममा कलाकार कल्याणकारी कोषमा ५ हजार १ सय १ रुपैयाँ जम्मा गरेका हुन्।कलाकारहरूलाई प्रेरणा, सम्मान र अफ्ठ्यारो अवस्थामा कलाकारहरूलाई सहयोग गर्न कोषको स्थापना गर्ने उद्देश्यका साथ थोरै रकम जम्मा गरेको चन्दले बताए।

चन्दले डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीलाई रकम हस्तान्तरण गरेका छन्। सुदूरपश्चिममा कलाकारहरूलाई प्रोत्साहित गर्न कलाकार कल्याणकारी कोष स्थापना गरिने बताइएको छ। कोषको कार्यविधि बनाएर स्थापना र सञ्चालन गरिने बताइएको छ। जन्मदिन मनाउन फजुल खर्च गर्नुभन्दा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको चन्दले बताएका छन्।

रकम हस्तान्तरण कार्यक्रममा डेउडा प्रतिष्ठान, सुदूरपश्चिम साहित्य समाज र राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस