सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

२०८१ फाल्गुन २७, ०४:५७ रासस

इटहरीः सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको रु पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ। 

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए। बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उहाँले बताए।

इटहरी उपमहानगरपालिकाले तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ।
प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ।”इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ। प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ। चालू आर्थिक वर्ष २०८१÷८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस