देशभर अत्यधिक वर्षा: सरकारले दियो दुई दिन बिदा
धनगढी: देशभर अत्यधिक वर्षा भएको भन्दै सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले बर्सादको कारण देखाउँदै असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
देशका विभिन्न स्थानमा भारी वर्षा भएको जनाउँदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विपद् व्यवस्थापन सम्बन्धी कार्यालय बाहेक सबै सरकारी कार्यालय बन्द गर्न गृह मन्त्रालयले शनिवार सार्वजनिक सूचना निकालेको हो।