सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

२०८२ असोज ३०, ०१:३५ रासस

वीरगञ्जः ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ।जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पु–याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ।नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए। ‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भने, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई ग¥यौँ। आज रक्तदान कार्यक्रम गरेका छौँ। भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ।’’

कमेन्ट लोड गर्नुस