सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका बोईलर कुखुरा र माछा बरामद

२०८२ पुष ११, ०८:०८ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका बोईलर कुखुरा र माछा बरामद गरिएको छ।

कैलालीको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख पैसट्टी हजार तिन सय मूल्य बराबरको बोईलर कुखुरा, सिद्रा माछा, विभिन्न किसिमका मिठाई र खुद्रा समान प्रहरीले बरामद गरेको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस