प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
काठमाडौँ : नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ।
बुधवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन्। एसपीहरु भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन्।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो। प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ भने एक सिट मन्त्रिपरिषद्ले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
