सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको त्रिपक्षीय बैठक सकियो, फेरि बस्ने सहमति

२०८२ पुष २९, १२:३० खबर संवाददाता

काठमाडौंः नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी अहिलेका लागि टुंगिएको छ। पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन।

पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए। वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विषय प्रवेश मात्रै भएको जानकारी गराए।

घिमिरेले भने,‘विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौं। उनीहरुले सुने। एजेण्डागत रुपमा दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ।’

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए।

कमेन्ट लोड गर्नुस