सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा नेकपा र एमालेको अग्रता, घन्टी निकै पछाडि

२०८२ फाल्गुन २३, ०८:०२ खबर संवाददाता

धनगढी: अछामका दुवै निर्वाचन क्षेत्रमा नेकपा र एमालेले सुरुवाती अग्रता कायम राखेका छन् भने रास्वपाका उम्मेदवारहरू निकै पछि परेका छन्।

अछाम क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो परिणामअनुसार डा. भीम रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झिनो मतान्तरले अग्रता लिएका छन्। तारा चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेका डा. रावलले ५,४५३ मत प्राप्त गर्दै शीर्ष स्थानमा छन्, उनलाई नेकपा एमालेका उम्मेदवार दीपक साउदले कडा टक्कर दिइरहेका छन्।

साउदले हालसम्म ५ हजार २५८ मत प्राप्त गरेका छन्। रावल र साउदबिचको मतान्तर १९५ मात्र रहेको छ। उनीहरुबिच प्रतिस्पर्धा निकै रोचक छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वार ४ हजार ५२० मतसहित तेस्रो स्थानमा रहेका छन्। 

कमेन्ट लोड गर्नुस