धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
२०८२ चैत्र १०, ०७:३१
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट ५८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने ३० वर्षीय रंजित चौधरीलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस