सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ३९२ नयाँ उद्योग दर्ता

२०८२ चैत्र १०, ०४:०३ खबर संवाददाता

धनगढी: घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा तीन सय ९२ वटा नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्मको आठ महिनामा यी उद्योग थपिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार उक्त अवधिमा सबैभन्दा बढी एक सय ७२ वटा सेवामूलक उद्योग दर्ता भएका छन् ।

त्यस्तै, एक सय ३२ कृषिमूलक र ८८ वटा उत्पादनमूलक उद्योग दर्ता भएका उनले जानकारी दिइन् । सो अवधिमा एक सय ७० उद्योगको लगतकट्टा गरिएको उनले जानकारी दिइन् । उनका अनुसार जिल्लामा हालसम्म १६ हजार एक सय ४५ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

चालु आवको सोही अवधिमा स्थानीय व्यापार अन्तरगत वाणिज्य सम्बन्धी चार सय ४५ वटा फर्म दर्ता भएका सूचना अधिकारी बस्नेतले जानकारी दिइन् । त्यस्तै,कार्यालयले चालु आवको सो आठ महिनाको अवधिमा रु एक करोड ८८ लाख ७४ हजार दुई सय १० राजस्व सङ्कलन गरेको छ । गत आव २०८१/८२ मा रु एक करोड ६३ लाख ९७ हजार राजस्व सङ्कलन गरेको थियो ।

कमेन्ट लोड गर्नुस