सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली भर्चुअल माध्यमबाट अदालतमा उपस्थित, म्याद थपबारे बहस जारी

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८२ चैत्र १५, ०२:५५ खबर संवाददाता

काठमाडौँः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडिओ कन्फ्रेन्समार्फत काठमाडौँ जिल्ला अदालतमा भर्चुअल रूपमा उपस्थित गराइएको छ। शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेका अनुसार पक्राउ पुर्जीको समर्थन र म्याद थपसम्बन्धी दुई विषयमा अदालतमा बहस भइरहेको छ। उनले ओली अदालतसँग लाइभ कनेक्टमा रहेको र आवश्यक परे थप बयान लिन सकिने अवस्थामा रहेको जानकारी दिए।

भदौ २३ गतेको जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनले ओलीमाथि कारबाही सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि उनलाई शनिबार बिहान पक्राउ गरिएको हो।

हाल स्वास्थ्य समस्या देखिएकाले ओली त्रिभुवन शिक्षण अस्पतालमा भर्ना छन्। स्वास्थ्य अवस्थाकै कारण उनलाई भर्चुअल माध्यममार्फत अदालतमा उपस्थित गराइएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस