कञ्चनपुरका एक जना लागुऔषधसहित पक्राउ
२०८२ चैत्र ३०, ०७:३८
कञ्चनपुरः कञ्चनपुरका एक जना लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका३ तिलकपुरबाट लागूऔषध ब्राउनसुगर ५४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४४ वर्षीय रमेश दमाई पक्राउ परेका हुन्। दमाईलाई आईतवार दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस