रावल, राना र दानीलाई मन्त्री बनाउने काँग्रेसकाे सुदूरपश्चिमकाे निर्णय
धनगढी: सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
असन्तुुष्ट पक्षमा मन्त्रीको नाम टुुंगो लगाउने जिम्मा सासंद दिवानसिंह विष्टलाई दिइएको थियो तर प्रदेशमा सहमति नजुटेपछि केन्द्रमा पठाइएको थियो । केन्द्रले मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
उनीहरु मध्ये रावल र राना मन्त्री बन्नेछन् भने दानीलाई राज्यमन्त्री बनाउने सहमति भएको छ । असन्तुुष्ट पक्षले नाम दिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी गरेका छन् ।