भारतबाट ल्याइएको बोइलर कुखुरा र ड्यु नष्ट
२०८३ असार १, ०७:४५
धनदगढीः कञ्चनपुरको पुर्नवासबाट बरामद गरिएका बोइलर कुखुरा र ड्यु नष्ट गरिएको छ।
आइतबार साँझ पुनर्वास नगरपालिका ४ “घ” गाउँमा सशस्त्र प्रहरीको बिओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको कुखुरा र ड्यु बरामद गरी नष्ट गरेको हो। बजार मूल्य ३३ हजार रुपैयाँ बराबरको ११० केजी प्रतिबन्धित बोइलर कुखुरा र १० हजार ८ सय मूल्य बराबरको १०८ लिटर ड्यु (पेय पदार्थ) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस