कञ्चनपुर प्रहरीको जेठ महिनाको प्रगति विवरण: लागुऔषध मुद्दामा ३६ जना पक्राउ
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जेठ महिनाको आफ्नो संस्थागत प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार प्रहरीले यस महिना लागुऔषध ओसारपसार नियन्त्रण र सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ।
प्रहरीले जेठ महिनामा लागुऔषध सम्बन्धी १९ वटा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। यस क्रममा ३६ जना पुरुष अभियुक्तहरू पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २७.७८ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) र ५.९० ग्राम चरेस बरामद गरेको छ। यस महिना गाँजा बरामदको संख्या भने शून्य रहेको छ।
साथै अन्दाजी मुल्य २४ अजार ६ सय बराबरकाे अवैध मदिरा बरामद गरेकाे छ।