गोदावरी १ बिजौराका ओझा दम्पतिले गरे कपडा सहयोग
२०८३ असार २१, ०१:५१
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ गोदावरी १ बिजौरा निवासी उमाशंकर ओझा र श्रीमती चन्द्राकान्त ओझा द्वारा ७२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस