धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
धनगढीः धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ।
आइतवार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि माया मेट्रो अस्पताल पु¥याइए पनि उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन्। गाडी र गाडी चालक भारतको उत्तर प्रदेश वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।