दार्चुलामा चरेश र गाँजासहित एक वृद्ध पक्राउ
दार्चुलाः दार्चुलामा चरेश र गाँजासहित एक वृद्ध पक्राउ परेका छन्।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ धामिगडा स्थित सोही ठाउँ बस्ने ६० वर्षीय गगनसिह बोहराले सञ्चालन गरेको भगवती खुद्रा पसलबाट १३० ग्राम लागूऔषध चरेश र १५१ ग्राम गाँजासहित विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बोहरालाई पक्राउ गरेको जनाएको छ।