सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

२०८३ साउन १६, ०६:०४ खबर संवाददाता

काठमाण्डौ - विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ ।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परेर उहाँको निधन भएको पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले जानकारी दिइएको छ । बिहिबार बेलुका निर्मलसहित ६ जना नेपालीसहित १० सदस्यीय टोली पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेको थियो ।

१० जना मध्ये चार जनाको शव हिजो नै फेला परेको थियो । इलाइट एक्सपेडले आज सामाजिक संजालमा शोक वक्तव्य जारी गर्दै ’गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाई’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं’ भनेको छ । साथै दुर्घटनामा अभियानका अरु सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ ।

विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान् आरोहीहरूमध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको  साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस