सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलबाट गाईको पूजा

२०८३ कार्तिक २३, १२:१९ खबर संवाददाता

धनगढी: राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईकोपूजा गरेका छन्।

उनले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गरेका हुन्। उनले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए।

तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ।

कमेन्ट लोड गर्नुस