बाजुरामा बिषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमती बिरामी
बाजुराः बाजुरामा बिषालु च्याउ खाएर श्रीमानको मृत्यु भएको छ भने श्रीमती बिरामी भएकी छिन्।
बाजुरा बडिमालिका नगरपालिका ७ धम्कने बस्ने ५१ वर्षीय रामे थापाको मृत्यु भएको हो। थापा र उनको श्रीमती ५० वर्षकी नाम्सरी थापाले जंगली बिषालु च्याउ खाँदा बिरामी भएपछि राति १०ः२० बजेको समयमा उपचारको लागी जिल्ला अस्पताल मार्तडी बाजुरा ल्याएकोमा डाक्टरले चेक जाँच गर्दा १०ः४० बजेको समयमा रामे थापालाइ मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नाम्सरी थापाको अबस्था गम्भिर रहेको जनाइएको छ। मृतकको शब अस्पतालमा नै रहेको र उनको साथमा छोरा गेवा दोर्जे थापाका साथै प्रहरी टोली खटिएका छन्।