सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र नेपालगन्जमा इलेक्ट्रिसियन भेटघाट कार्यक्रम समपन्न

२०८३ असोज ६, ०२:४१ खबर संवाददाता

धनगढी: राठी ग्रुपले राठी जेडएचएफआर तारको प्रवर्द्धन तथा सुरक्षित वायरिङसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनगढी र नेपालगन्जमा इलेक्ट्रिसियन भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सुरक्षित वायरिङका लागि गुणस्तरीय तथा उपयुक्त तारको छनोटको महत्वबारे इलेक्ट्रिसियनहरूसँग छलफल गरिएको थियो। साथै, राठी ZHFR तारका विशेषता, सुरक्षा तथा वातावरणमैत्री पक्षबारे समेत जानकारी दिइएको थियो।

‘आगो लाग्दै नलाग्ने तार’ भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा राठी ZHFR तारलाई घरको सुरक्षा तथा वातावरण संरक्षणका लागि उन्नत र वातावरणमैत्री तारका रूपमा प्रवर्द्धन गरिएको थियो।

धनगढीमा भदौ २७ गते सिद्धार्थ प्यालेसमा आयोजित कार्यक्रममा करिब २५० जना इलेक्ट्रिसियनको सहभागिता रहेको थियो। त्यस्तै, नेपालगन्जमा भदौ ३१ गते सुनाखरी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पनि करिब २५० जना इलेक्ट्रिसियन सहभागी भएका थिए।

कार्यक्रममा धनगढी इलेक्ट्रिक एसोसिएसनका अध्यक्ष तथा नेपालगन्ज इलेक्ट्रिक एसोसिएसनका अध्यक्षको समेत सहभागिता रहेको थियो। कार्यक्रममा इलेक्ट्रिसियनहरूसँग सुरक्षित विद्युतीय वायरिङ, गुणस्तरीय तारको प्रयोग तथा आगलागीको जोखिम न्यूनीकरणका विषयमा अन्तर्क्रिया गरिएको थियो।

राठी ग्रुपले सुरक्षित वायरिङका लागि उत्तम तारको छनोट आवश्यक रहेको बताउँदै राठी ZHFR तारमार्फत घरको सुरक्षा र वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस