सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

२०८३ असोज १२, ०९:१५ रासस

बैतडी : बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा  पूर्ण रूपमा  यातायात सेवा अवरुद्ध बनेको छ ।

पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो ।
स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि  यातायातका साधन बीच बाटोमा नै रोकिएका छन् ।

कमेन्ट लोड गर्नुस