कपडा बैंकलाई लायन्स क्लबद्वारा पाँच सयभन्दा बढी थान कपडा सहयोग
२०८३ असोज २८, १२:२०
धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई पाँच सयभन्दा बढी थान कपडा सहयोग गरिएकाे छ। धनगढीमा रहेको लायन्स क्लब अफ धनगढीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकाे हाे।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा छ। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस