धनगढी पारीको भारतीय सीमावर्ती बजार वनगाउँमा आगलागी
धनगढीः लक्ष्मी पूजाको दिन भारतको वनगाउँ बजारमा आगलागी भएको छ।
भारत, उत्तर प्रदेश, खिरी जिल्ला, वन गाउँ बजारमा आइतवार साँझ लक्ष्मी पूजाको दिन ६ः३० बजेतिर आगलागी भएको हो। बजारमा लागेको आगो नियन्त्रणमा लिन धनगढी उपमहानगरपालिकाको नगर प्रहरी र दमकल टोलीसहित ३ वटा दमकल र एउटा व्याकुलोडर आगलागी नियन्त्रणका लागि गएका थिए।
३ वटा दमकलले ३/३ पटक पानी भरेर आगो निभाउने काम गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। साथै व्याकु लोडरद्वारा फायर लाइन बनाई आगो बढन नदिएर नियन्त्रण गर्ने प्रयोग गरिएको जनाएको छ। उक्त आगो रातिको १२ः३० मा नियन्त्रण गरेर दमकलहरू धनगढी उपमहानगरपालिका कार्यालय आईपुगेको जनाइएको छ। क्षतिको विवरण भने प्राप्त भएको छैन्।