सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक ३०, ०६:३९ खबर संवाददाता

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू–भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भाग र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

कमेन्ट लोड गर्नुस