सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रथम बौनियाँ गायन प्रतियोगिता हुने

२०७६ मंसिर ९, ०५:५७ खबर संवाददाता

कैलाली:  कैलालीमा प्रथम बौनियाँ गायन प्रतियोगिता हुने भएको छ। गाँउमा लुकेका रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उदेश्यका साथ जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बौनियाँमा उक्त प्रतियोगिता हुने भएको हो।

‘नेपालीको प्रतिभा नेपालीको शान, नवप्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने मुल नाराका यही माघ १६ गते सहिद दिवसको अवसर पारेर के.डी.एस डान्स गु्रप घैला बौनियाँको आयोजनामा उक्त प्रतियोगिता हुने बताईएको छ । 

गायन प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद पुस्कारका साथै मेडल र प्रमाण पत्र दिइने गु्रपका फाउन्डर मनन जंग कुवँरले बताए। प्रथम बौनियाँ गायन प्रतियोगितामा गायन प्रतिभा भएका सबैले सहभागीता जनाउन सक्ने उनले बताए। 

कार्यक्रममा नेपाल आईडल, द भ्वाईस अप नेपाल र सुदुरपश्चिम आईडलका कलाकारहरु उपस्थीत हुने के.डी.एस डान्स गु्रपले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस