गायक नविन जेठाराको ‘आसु झारी झारी’ बजारमा
संचारकर्मी तथा गायक नविन जेठारा महासागरको नयाँ दोहोरी गित सार्वजनिक भएको छ। संञ्चार क्षत्रमा क्रियासिल महासागरको नयाँ दोहोरी गित ‘आसु झारी झारी’ सार्वजनिक भएको हो। महासागर र बिकल्प सङ्गितमको शब्द रहेको उक्त गितमा महासागर, देवी घर्ती र योगेन्द्र विश्वकर्माकले स्वर दिएका छन्। उक्त गितको थेगो गिता जेठारको रहेको छ।
उक्त गितको लय भने अमित बाबु रोकायाको हो। राजेस बिसि र अफियाना गुरुङको अभिनय रहेको गितको भिडियो निर्देशन राजकुमार मगरले गरेका छन्। गत बर्ष जिबन कहानी नामक गित बाट आफ्नो साङ्गितिक यात्रा तय गरेका महासागरले अहिले सम्म थुप्रै गितमा स्वर दिईसकेका छन्।