सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताजीको बोली (लघुकथा)

२०७६ मंसिर ९, ०८:०९

-काशीराम विरस
सार्वजनिक पदमा आसीन ठूलो पार्टीका नेताले दिउँसोको भाषणमा दीन, दुःखी र गरीबलाई उपकार गर्ने र उनीहरूको दुःख हरण र्ने प्रतिबद्धता जनाए। कार्यक्रमको समाप्तिपछि कालो कारमा चढेर नेताजी हुँइकिए। सवारीका साधनहरूको जामले कार मन्द गतिमा घस्रिरहेको थियो। सोही समयमा एक जना भिखारी दुईचार पैसा माग्दै कार नजिक आयो। भिक्षाको याचना गरिरहेको भिखारीलाई धक्का दिँदै कार अगाडि बढ्यो।

घरमा पुग्दा कोठामा ।।। पिछे क्या हे बोलको गीत बजिरहेको, छोरीहरू डिस्को डान्सको अभ्यास गरिरहेका र जुठेल्नुमा टुहुरो केटो भाँडा माझिरहेको थियो।

कमेन्ट लोड गर्नुस