सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानको ‘ दबंग–३’ को रिलिज रोक्न माग

२०७६ मंसिर १२, १२:३८ खबर संवाददाता

बलिउडमा अहिलेसम्मकै सर्वा्धिक स्क्रिन पाउने अनुमान गरिएको चलचित्र ‘दबङ्–३’ पुन विवादमा तानिएको छ। छायांकनको क्रममा शिव लिङ्गलाई आदर नगरेको आरोपमा फसेको यो चलचत्रि अब भने चलचित्रको गीतलाई लिएर चर्को विरोधमा फसेको छ।

गीत ‘हुड हुड दबङ्’मा सलमान सँग केही साधुहरुको आपत्तिजनक नृत्यले हिन्दू धर्मको भावनामा ठेस लागेको भन्दै आपत्ति जनाएको हो। हिन्दू जनजागृति समाजले यहि कारण देखाई चलचित्र रिलिजमा रोक लगाउन उजुरी गरेको छ।

समाजले चलचित्र प्रमाणीकरणको केन्द्रीय कार्यालयमा नै गएर उजुरी दर्ता गराएको हो। यो भन्दा अगाडीको विवाद रोक्न सलमानले स्पष्टिकरण दिएका थिए भने यो पटकको विवादमा सलमानले केही बोलिसकेका छैनन्।

डिसेम्बर २० अर्थात क्रिसमसमा रिलिज मिति तोकिएको यस चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा, प्रीति जिन्टा, अरबाज खान साउथ स्टार किच्च सुदीप, टीनू आनन्द लगायतका कालकारहको अभिनय रहने छ।
 

कमेन्ट लोड गर्नुस