दीनदुखीका सारथी पत्रकार सिंहको जिवनीमा आधारित गीत सार्वजनिक
सामान बोकी जान्छन उनी दीनदुखीलाई भेट्न,
सक्ने प्रयास गरेकै छन् मनको पीडा मेट्न
गरिव दुखी जनताको सेवा गर्ने काम
बाजुरामा जन्मेका प्रकाश सिंह हो नाम,
बाजुराका दीनदुखीका सारथीका रुपमा परिचय बनाए पत्रकार प्रकास सिंहको जिवनीमा आधारित गीत सार्वजनिक भएको छ। लामो समयदेखि पत्रकारीतामा सक्रिय रहेका सिंहको जिवनीमा आधारित गीत सार्वजनिक भएको हो।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका पत्रकार सिंहको वास्तविक जीवनको कथावस्तुलाई तयार पारेर उनकी धर्मपत्नी चन्द्रकला शाह सिंहले लेखेको गित सार्वजनिक भएको हो।
विशेष फिलिम्सको प्रस्तुतीमा बाजुरामा जन्मेका प्रकाश सिंह नामक बोलको गीत सार्वजनिक भएको हो। गीतमा गौरी भट्ट र नेत्र परियारले स्वर दिएका छन्। गीतलाई समित परियारले एरेन्ज गरेका छन् भने खड्क बाजुरालीले मिक्सिङ गरेका छन्।
उनले हालसम्म वृद्धवृद्धा, अपागता भएका व्यक्ति, असहाय बालवालिका लगायत ५० बढीको जिल्लाबाटै उद्धार गरेका छन्। सिंह दिनेश एफएम र दिनेश खवरका बाजुरा संवाददाता पनि हुन्।