सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा छायाकंन भएको ‘साङ्लो’ चलचित्रको गीत दर्शकको रोजाईमा

२०७६ मंसिर १४, १२:०२ खबर संवाददाता

डोटीमा छायाकंन भएको ‘साङ्लो’ चलचित्रको गीत दर्शकको रोजाईमा परेको छ। २ दिन अगाडी युवटुवमा सार्वजनिक भएको चरीले काफल बोलको गीत अहिले दर्शकले रुचाएका हुन्। गीत २ दिनमै २२ नम्वर ट्रेन्डिङमा परेको छ।

उक्त गीतले २ दिनमा ७ लाख २९ हजार भ्युज बटुलेको छ। उक्त गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ। लामो समय भोजपुरी सिनेमामा व्यस्त रहेका नायक विराज भट्ट ‘साङ्लो’ चलचित्रमा मुख्य भुमिकामा छन्।

‘चरीले काफल’ बोलको गीतमा विराजसँगै डेब्यु अभिनेत्री निकिता चाण्डकको अभिनय छ। 
 

कमेन्ट लोड गर्नुस