प्रियंकाले आयुष्मानलाई भनिन्, ‘तिम्रो ओठमा दैनिक चुम्बन गर्नु मेरो सबैभन्दा प्रिय काम’
नायिका प्रियंका कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन्। मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यसबारे लेखेकी छिन्।
उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ।
१. तिम्रो हात समात्नु।
२. तिम्रो जोक्समा हाँस्नु।
३. तिमी सँगसँगै हिँड्नु।
४. सोफामा आरामले सँगै सुत्नु।
५. तिम्रो आँखामा हेर्नु।
६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु।’
उनको यो पोष्टमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन्। उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु’ (रातोपाटीबाट साभार)