एशियाकै ‘आकर्षक पुरुष’मा बलिउड अभिनेता ऋतिक रोशन
बलिउड अभिनेता ऋतिक रोशन एशियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन। बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो।
त्यस्तै शाहिद कपुर दोश्रो स्थानमा आएका छन भने पहिलो पटक टाईगर श्रोफ चौंथो स्थानमा परेका छन। उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘सुपर ३० र ‘वार’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन।
उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो।