सुदूर नेपाललाई विश्वसँग जोड्दै

शान हुन्छन उसैका, महल हुन्छन् उसैका

२०७६ मंसिर २१, ०२:४८

 छत्रा रावल

शान हुन्छन उसैका, महल हुन्छन् उसैका
चिल्ला गाडीमा चहलपहल हुन्छन उसैका।।

जो बलिया छन लुट्न सक्छन,कुट्न सक्छन,
पार्टी हुन्छन, गुट हुन्छ्न, ठुला दल हुन्छन उसैका।।

एक छाक भोक टार्न सक्दैन पढाउन त के
पढाईमा छोराछोरी अब्बल हुन्छ्न उसैका।।

राहदानी बोकेर ठुला सपना बोकेर बाहिरिन्छन
दिन्न भाग्यले साथ, सपना बिफल हुन्छन उसैका।।

दिलमै बसेको मान्छे दिल दुखाएर जान्छ
बिर्सिन सकिन्न सम्झना हरपल हुन्छन उसैका ।।

कमेन्ट लोड गर्नुस