सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्यो निर्मला पन्त घटनामा आधारित फिल्म, ट्रेलर यस्तो छ(भिडियो)

२०७६ पुष ४, ०९:१५

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ। 

शुक्रबार ओएसआर डिजिटलले आफनो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गराएको हो। सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई काेपिला पात्र बनाइएको छ। 

कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ। 

ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई देखाइएको छ। 

बलात्कारपछि हत्या भएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको कथासँग चलचित्रको कथा रहेकाले निर्मलाको परिवारसंग लिखित अनुमति लिएर चलचित्र बनाइएको निर्देशक अधिकारीको भनाइ छ। चलचित्रले रिलिज डेट भने सार्वजनिक गरेको छैन।
 

कमेन्ट लोड गर्नुस