राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा निर्वाचित भएका धामीलाई कञ्चनपुरमा सम्मान
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कञ्चनपुरको आयोजनामा आज महेन्द्रनगरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७औं केन्द्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय सदस्य नवीनसिंह धामीलाई संस्थाका निवर्तमान केन्द्रीय पदाधिकारी प्रदेश संयोजक सुरत रावत डोटेली कान्छाले बधाई ज्ञापन गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष सरस्वती दहालको सभापतिमा भएको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान केन्द्रिय पदाधिकारी सुदूरपश्चिम संयोजक सुरत रावत डोटेली कान्छा प्रमुख आतिथि रहेका थिए। त्यस्तै कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य नवीनसिंह धामी विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा महाकाली साहित्य संगमका उपाध्यक्ष चिनाराम नेपाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बैतडी जिल्ला अध्यक्ष प्रेम विवश चन्द, प्रतिष्ठान कञ्चनपुर जिल्ला सचिव सरस्वती जिसी, कोषाध्यक्ष प्रदिप पाल, सहकोषाध्यक्ष मासुम बिष्ट लगायतले बधाई तथा शुभकामना दिएका थिए।