सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक सौगात ओझाको ‘एमसीसी चाँहिदैन’ सार्वजनिक

२०७६ माघ १४, १२:०७ खबर संवाददाता

सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण एवंम जर्गेना गर्दै आएका गायक सौगात ओझाले ‘एमसीसी चाँहिदैन’ बोलको गीत सार्वजनिक गरेका छन्। लोकदोहरी गायक सौगात ओझाले ‘एमसीसी चाँहिदैन, देश वेच्न पईदैन’ गीत सार्वजनिक गरेका हुन्।

उक्त गीतमा गायक ओझा र गायिका टिका पुनको स्वर रहेको छ। एमसीसी चाँहिदैन भन्ने वोलको गितमा लय, शब्द गायक ओझाको नै रहेको छ। डोटीको जोरायल गाउँपालिकाको सरस्वती नगरमा जन्मिएका गायक ओझाले दर्जनौ गीतहरु सृजना संगै सय बढि गीतमा स्वर दिएका छन्। 

गायक ओझाले २०७० सालमा आफ्नो पहिलो लोकदोहोरी एल्बम ‘मनभित्र तिमी छौं’ भन्ने वोलको गीत सार्वजनिक गरेका थिए। ओझा २०७१ सालमा डोटीको छतिबनमा भएको बस दुर्घटनामा परी सक्त घाइते भएका थिए भने छोरी र आमालाई गुमाएका थिए।

‘म त डोटेली सौगात ओझा हुँ’ भन्ने वोलको गीतबाट दर्शक स्रोता माझ चिनिएका गायक ओझा अहिले सांगीतीक क्षेत्रमै व्यवस्त छन्।

कमेन्ट लोड गर्नुस