कैलाली बहुमुखी क्याम्पस विद्यार्थी साहित्य प्रतिष्ठानको २१औं वार्षिक उत्सव सम्पन्न
कैलाली : कैलाली बहुमुखी क्याम्पस विद्यार्थी साहित्य प्रतिष्ठानको २१औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै छ जनालाई सम्मान गरिएको छ।
सम्मानित हुनेमा रेडियो डेलीमेलका समाचार प्रमुख तथा कान्तिपुर टेलिभिजनका उप–सम्पादक टेकराज जोशी, तत्कालिन धनगढी नगरपालिकाका पुर्वमेयर खेमराज पाण्डे, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. रामचन्द्र विनाडी, उपप्राध्यापक जगन्नाथ जोशी, साहित्यकार दुर्गा मल्ल र सागर कुश्मी रहेका छन्।