सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुटिङका लागि नेपाल हिँडेका करणवीरलाई दिल्ली विमानस्थलमा रोकेपछि...

२०७६ माघ १७, ०६:२६ खबर संवाददाता

मुम्बईबाट नेपालका लागि हिँडेका बलिउड अभिनेता करणवीर बोहरालाई दिल्लीस्थित इन्दिरा धान्धी अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको छ। उनले दिल्ली विमानस्थलबाट काठमाडौँका लागि कनेक्टिन्ङ फ्लाइट समातेका थिए। तर,
करणवीर घरबाट आधार कार्ड (यूआईडी) मात्र लिएर निस्केका थिए, जबकि  हवाइयात्राबाट  नेपाल पुग्ने भारतीयको पहिचानका लागि  आधार कार्ड वैद्य मानिँदैन।

करण वेबसीरीज ‘कैसीनो’ को सुटिङका लागि नेपाल आइरहेका थिए। उनले यो घटनाबारे ट्वीट गर्दै एयरलाइन्समाथि रीस पोखेका छन्। यता भारतीय दूतावास र विदेशमन्त्री एस जयशंकरलाई पनि ट्याग गरेका छन्।

 उनले प्रश्न सोधेका छन्, ’यदि हवाइयात्राबाट नेपाल जान आधार कार्ड मान्य हुँदैन भने मलाई एयर इन्डियाले  मुम्बई विमानस्थलमा किन रोकेन?’

उनले लेखेका छन, ‘नेपालका लागि हिँडेकोमा मलाई दिल्ली विमानस्थलबाट फिर्ता पठाइयो।’ दैनिक भाष्करले अनलाइन संस्करमा उल्लेख गर्दै भनेको छ, ‘नेपाल सरकार सडकमार्गबाट जाने भारतीयका लागि पासपोर्ट, भोटर आईडी र आधार कार्ड वैध मान्छ। तर, हवाइयात्रामा पासपोर्ट चाहिन्छ।’
 

कमेन्ट लोड गर्नुस