सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडलबाट बाहिरिए धनगढीका कमल सोव

२०७६ माघ २४, ११:२० खबर संवाददाता

धनगढी– नेपाल आइडलमा धनगढीका कमल सोवको यात्रा रोकिएको छ। उत्कृष्ट ११ मा पुगेका सोव बिहिवारको गाला राउण्डबाट बाहिरिएका हुन्।

नेपाल आइडलको नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव दर्शक श्रोतााको भोट र निर्णायको नम्वरको आधारमा उत्कृष्ट ११ सम्म पुगेका थिए। उत्कृष्ट ११ मा पुग्ने उनी सुदूरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी थिए। 

को हुन कमल ? 
५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका सोव त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए। माध्यमिक शिक्षा सम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए।

संगीतकार कुलदिप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए। 
 

कमेन्ट लोड गर्नुस