उडिरहेको विमान एकैपटक ३० हजार फिट तल झर्यो(भिडियो)
उडिरहेको विमान एकैपटक ३० हजार फिट तल झर्दा के होला! अमेरिकामा उडान भरिरहेको विमानको हालत त्यस्तै भएको छ।
अक्सिजन मास्क झरेको थियो। यात्रुहरु आत्तिएका थिए। १५ हजार फिटमाथि उडिरहेको विमान एकैपटक ३० हजार फिट तल झर्न एक मिनेटमात्र लागेको थियो।
एटलान्टाबाट फार्ट लौडेरडाले जान लागेको विमान एकैपटक ३० हजार फिट तल झरेपछि गन्तव्य भन्दा अन्य स्थानतर्फ मोडिएर आपतकालिन अवतरण गरेको थियो । विमान ह्वात्तै झर्दा त्यहाँभित्रको स्थिति असामान्य भएको थियो।
डेल्टाले क्याविनभित्रको चापमा आएको समस्याले त्यस्तो भएको दाबी गरेको छ। उसले यात्रुसँग क्षमा समेत मागेको छ।-एजेन्सीको सहयोगमा