साईकल चढेर साङ्लो हेर्न धनगढीको एसटिएस सिनेमा पुगे नायक बिराज भट्ट
धनगढी : नेपाली चलचित्र साङ्लो हेर्नका लागि सोही चलचित्रका कलाकारहरु आज धनगढीमा छन्। उनीहरुले अहिले धनगढीको एसटिएस सिनेमामा साङ्लो चलचित्र दर्शकसंगै हेरिरहेका छन्। चलचित्रका नायक विराज भट्ट साङ्लो हेर्न धनगढीको मुख्य बजारदेखि एसटिएस सिनेमा सम्म साईकल चढेर पुगेका थिए।
चलचित्रमा विराजको आफ्नै लगानी छ भने निकिता चाण्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको अभिनय छ। सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ।