सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक गीत प्रतियोगिता सम्पन्न (अडियो रिर्पोट सहित)

२०७५ असार १०, ०७:०४

धनगढीमा प्रदेश स्तरीय लोक गीत प्रतियोगिताको सम्पन्न भएको छ । लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश नम्वर ७ को आयोजनामा लोक गित प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला स्तरीय लोक गित प्रतियोगिता सम्पन्न भएपछि प्रदेश स्तरीय प्रतियोगिता भएको हो । प्रतियोगितामा सरस्वीत चन्द पहिलो, समीक्षा भुल दोस्रो, सरस्वती जिसी तेस्रो र मनिषा रावल चौथो भईन् । उनीहरु चारै जनाले असार १४ र १५ गते काठमाण्डौमा हुने राष्ट्रिय लोकगीत प्रतियोगितामा सहभागीता जनाउनेछन् । बर्षाैपछि आयोजना भएको लोक गित प्रतियोगितामा सहभागिता जनाउन पाउँदा धेरैले खुशी व्यक्त गरेका छन् । यस क्षेत्रमा आयोजना मेला महोत्सवमा समेत प्रतियोगिता हुने क्रम बन्द भएपछि कलाकारहरुमा निराशा थियो ।  लोग गित प्रतियोगिताले लुकेर रहेको प्रतिभालाई प्रस्फुटन सहयोग पुगाएको प्रतियोगीहरुको दावी छ । 

बर्षाैपछि आयोजना भएको प्रदेश स्तरीय लोक गित प्रतियोगितामा सहभागिता जनाएका कलाकारहरुले खुसि व्यक्त गरेका हुुन् । लोक गित प्रतियोगिता नहुँदा आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न नपाएकाहरुले खुसी व्यक्त गरेका हुन् । सुरुवातमा कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दा लोक गित लगायतका प्रतियोगिता पनि राख्ने गरेको थियो । तर मेला महोत्सव पनि व्यापारीक मेलामा परिणत हुदै गएपछि लोक गित प्रतियोगिता आयोजना हुने क्रम नै बन्द भयो । त्यस्ले गर्दा नयाँ पुस्तालाई आफ्नो गायन प्रतिभा देखाउनका लागि मञ्चको अभाव हुदै आएको थियो । 

प्रदेश स्तरीस्य लोक गित प्रतियोगिता धनगढीमा भएकोमा त्यसअघि दार्चुला र बझाङ जिल्ला बाहेक प्रदेशका ७ वट जिल्लामा जिल्ला स्तरीय लोक गित प्रतियोगिता सम्पन्न भएको थियो । जिल्ला स्तरीय प्रतियोगिताबाट पनि गाउँ–गाउँमा रहेका गायन प्रतिभाहरुले मौका पाएका थिए । ७ वटै जिल्लाबाट जिल्लास्तरीय लोक गित पतियोगितामा झण्डै सय बढि गायन क्षमता भएका युवा युवतीहरुले सहभागिता जनाएका थिए । प्रदेश स्तरीयग लोक गित प्रतियोगितामा भने २० जनाले सहभागिता जनाएका छन् । लामो समय सम्म लोक गित प्रतियोगिता नहुँदा गुम्सीएर बसेकाहरुलाई मञ्च प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको लोक तथा दोहरी गित प्रतिष्ठानका ७ नम्वर प्रदेशका संयोजक सुरत रावत डोटेली कान्छाले वताए । 

अडियो सुन्नुहोस्

कमेन्ट लोड गर्नुस